म साना साना काम गर्छु। हिड्न नसक्ने मान्छेहरुलाई कम्प्युटर सिकाउँछु। न्यानो लुगा किन्न नसक्ने सडक बालबालिकाहरुको लागी- लुगा किन्न सहयोग जुटाउँछु र अलिकति दुख पर्ने बितिक्कै जिन्दगीसँग हार मान्ने मान्छेहरुलाई त्यसता सयौँ दुख बावजुत पनि हाँसेर बाँच्न सकिन्छ भनेर देखाउँछु । यस्ता साना कुराले अहिले मलाई खासै ठुला परिणाम नदेलान्। तर जब म बुढो हुनेछु- अनि मेरा नाति-नातिनालाई यी कुराहरु भन्नेछु- मलाई विश्वास छ, उनीहरुले गर्व साथ आफ्ना साथीहरु सित मेरोबारेमा कुरा गर्नेछन्। र त्यो दिन बल्ल, मलाई आभाष हुनेछ, मैले यतिबेला कति ठुला ठुला काम गरिरहेको रहेछु । :